फोटोफिचर


यसरी मनाइयो काठमाडौँमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (तस्बिर)


सरोज बैजु
बैशाख १९, २०८१ बुधबार १४:१३, काठमाडौँ

आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस। काठमाडौँमा र्‍यालीसहित १३५‌औँ श्रमिक दिवस मनाइएको छ।

‘नयाँ सामाजिक सम्झौताको लागि सुदृढ लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादित रोजगारी सहितको अर्थतन्त्र’ मूल नारा सहित विभिन्न मजदुर संघ संगठनसँग आबद्ध संस्थाले ब्यानरसहित भृकुटीमण्डपबाट र्‍याली निकालेका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई केही देशमा श्रमिक दिवस त केहीमा मे दिवसका रूपमा पनि चिनिन्छ। अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनद्वारा प्रचारित छ यो दिवस प्रत्येक वर्ष मे १ मा मनाइन्छ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्।

नेपालको सन्दर्भमा, विराटनरगमा वि.सं. २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो । यो दिन धेरै देशमा सार्वजनिक बिदा हुने गरेको छ।

तस्बिरमा हेर्नुस् श्रमिक दिवसको झलक-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .