हङकङमा पाँच अवैध कामदार पक्राउ

कम ज्यालाका मजदुर राखेर सस्तो सेवा दिने गरेको खुलासा, रोजगारदाता पनि समातिए
हङकङमा पाँच अवैध कामदार पक्राउ

गैरकानुनी तरिकाले काम गरेको आरोपमा पाँच जना पक्राउ परेका हुन् (ह्यान्डआउट)


नेपालखबर
बैशाख २४, २०८१ सोमबार १७:५२, हङकङ

पर्यटकको रूपमा हङकङ आएर काम गर्ने पाँच कामदारलाई हङकङको अध्यागमन विभागले पक्राउ गरेको छ।

ताइपोस्थित फु टिप स्टेटमा मर्मत सम्भारको काम गर्ने कामदारहरू गैरकानुनी रहेको आशंकामा सोमबार दिउँसो विभागका अधिकारीहरू त्यहाँ पुगेका थिए।

अधिकारीहरूले ३४ देखि ४७ वर्ष उमेर समूहका पाँच जना मुख्यभूमिका कामदारसहित रोजगारदातालाई पनि पक्राउ गरेका छन्।

उनीहरू हङकङमा पर्यटकको रूपमा प्रवेश गरेर सस्तोमा काम गर्ने गरेको पाइएको हो।

उनीहरूले दैनिक ज्याला दुई सय देखि तीन सय ५० हङकङ डलरसम्म लिने गरेको बुझिएको छ।

अधिकारीहरूले अवैध कामदार राखेको आरोपमा ५१ वर्षीय रोजगारदातालाई पनि पक्राउ गरेका छन्।

कामदार पक्राउका क्रममा विभागका अधिकारीले प्रमाणस्वरुप नाप्ने टेप, पेन्टिङ तथा मर्मत-सम्भार उपकरण लगायतका सामग्री पनि बरामद गरेका छन्।

बरामद सामग्री (ह्यान्डआउट)

विभागका प्रवक्तालाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार सामाजिक सञ्जालमा सस्तो मर्मत सम्भार सेवा प्रदान गर्ने विभिन्न कम्पनी देखेपछि शंका लागेर अपरेसन थालिएको थियो।

विभागका अनुसार अवैध कामदार राख्ने कम्पनीले सस्तो सेवा उपलब्ध गराएको पाइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .