ad ad

मधेस


मधेस सरकारबाट बाहिरियो माओवादी, दुई मन्त्रीले बुझाए राजीनामा

मधेस सरकारबाट बाहिरियो माओवादी, दुई मन्त्रीले बुझाए राजीनामा

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १६:३४, काठमाडौँ

मधेस सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। आइतबार दिउँसो माओवादी केन्द्रका दुईजना मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन्। 

मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। 

आफूहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुझाएको भट्टराईले नेपालखबरलाई बताए।

साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका थिए भने भट्टराई उद्योग तथा पर्यटनमन्त्री थिए।

आजै केहीबेरपछि एमालेकै मन्त्रीहरूले पनि राजीनामा बुझाउँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .