ग्लोबल


दिल्लीका विद्यालयमा बम विस्फोटको धम्की, अनुसन्धानमा खटियो प्रहरी

दिल्लीका विद्यालयमा बम विस्फोटको धम्की, अनुसन्धानमा खटियो प्रहरी

नेपालखबर
बैशाख १९, २०८१ बुधबार ९:५९, काठमाडौँ

भारतको राजधानी नयाँ दिल्लीका धेरै विद्यालयलाई बमले उडाउने धम्की आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ती विद्यालयमा बम विस्फोट गराउने भन्दै इमेल आएका हुन्।

दिल्लीको द्वारकामा रहेको दिल्ली पब्लिक स्कुल (डीपीएस), पूर्वी दिल्लीको मयुर विहारमा रहेको मदर मेरी स्कुल तथा पुष्प विहारमा रहेका संस्कृति स्कुल र अमेठी स्कुललाई ​​मेल पठाउँदै बम विस्फोट गराउने धम्की दिइएको हो। 

दिल्लीका अलावा नोएडाको दिल्ली पब्लिक स्कुलमा पनि धम्कीको मेल आएको छ। त्यसपछि प्रहरी र विद्यालय प्रशासन सतर्क भएका छन्।

बालबालिकालाई बाहिर निकालिएको छ। धम्की आएका विद्यालयका बालबालिकालाई बिदा दिइएको छ।

घटनास्थलमा प्रहरी, बम स्क्वाड, डग स्क्वाड र दमकलसहितको टोली पुगेको छ। विद्यालयहरूले अभिभावकहरूलाई सन्देश पठाइरहेका छन्।

प्रहरीका अनुसार द्वारकाको दिल्ली पब्लिक स्कुललाई धम्कीको मेल प्राप्त भएको छ, जसमा विद्यालयमा बम रहेको लेखिएको छ।

विद्यालयलाई सावधानीका रूपमा खाली गराइएको छ। घटनास्थलमा दिल्ली प्रहरी, बम डिस्पोजल टोली र दमकल पुगेका छन्। खोजी जारी छ। तर, प्रहरीले अहिलेसम्म केही फेला पारेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .