ad ad

कारोबार


वडा कार्यालयले किसानलाई दियो मौरीसहितको घार

वडा कार्यालयले किसानलाई दियो मौरीसहितको घार

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १०:३४, तनहुँ

तनहुँको बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरूको आय बढाउन वडाले मौरीसहितका घार वितरण गरिएको हो।

किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिए। त्यसमा ४० प्रतिशत किसानको साझेदारी छ। 

स्थानीयलाई मह उत्पादनमा आकर्षित गर्दै ग्रामीणस्तरमा पोषण परिपूर्ति गर्ने उद्देश्यका साथ मौरीसहितको घार उपलब्ध गराइएको उनले बताए। 

‘वडाका हरेक किसानलाई समृद्धिसँग जोड्ने अभियानस्वरुप सहयोग गरिएको हो,’ उनले भने, ‘वडाभित्रका हरेकलाई आयआर्जनसँग जोड्ने सोच राखेका छौँ। वडाले पशुपालन, कृषि, रोजगारीलाई प्राथमिकतामा राखेको छ। उद्यम गर्न चाहने सबैलाई वडा कार्यालयले सहयोग गर्नेछ।’

उत्पादित महको बजारीकरणका लागि पनि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष लामिछानेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .