ad ad

कारोबार


चिनियाँ कम्पनी नियोले ल्यायो ओन्भो एल६०, टेस्ला र टोयोटासँग प्रतिस्पर्धा

चिनियाँ कम्पनी नियोले ल्यायो ओन्भो एल६०, टेस्ला र टोयोटासँग प्रतिस्पर्धा

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १३:५७, काठमाडौँ

चिनियाँ विद्युतीय सवारीसाधन निर्माता नियोले कम बजेटको ब्रान्ड ओन्भोबाट पहिलो कार सार्वजनिक गरेको छ। 

टेस्लाको धेरै बिक्री हुने कारलाई यसले प्रत्यक्ष चुनौती दिने विश्वास छ। 

३० हजार ४ सय ६५ अमेरिकी डलर (२,१९,९०० युआन) मूल्यको एल६० एसयूभी विश्वमै प्रसिद्ध ईभी टेस्लाको मोडल वाईभन्दा १० प्रतिशत सस्तो गाडी सार्वजनिक गरेको हो। मोडल वाईको मूल्य २ लाख ४९ हजार ९ सय युआन पर्छ। 

अमेरिकाले चीनबाट आउने विद्युतीय कारमा चार गुणाले आयात शुल्क बढाएकै बेला नियोले टेस्लालाई चुनौती दिने गाडी सार्वजनिक गरेको छ। 

पछिल्लो समय टेस्लाको बिक्री घटिरहेको छ भने चिनियाँ ब्रान्डबाट तीव्र प्रतिस्पर्धाको अवस्था बनेको छ। 

सांघाईमा नियोले नयाँ गाडी सार्वजनिक गरेको हो। टेस्लाको मोडल वाईबाहेक टोयोटाको आरएभी४ लाई पनि यसले चुनौती दिने विश्वास गरिएको छ। 

कम्पनीले नयाँ कारको अर्डर लिन थालेको छ। सेप्टेम्बरसम्म डेलिभरी गर्ने लक्ष्य छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .