ad ad

कारोबार


उपायको क्वार्टरब्याक लगानी चरण सफलतापूर्वक सम्पन्न

उपायको क्वार्टरब्याक लगानी चरण सफलतापूर्वक सम्पन्न

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १८:१५, काठमाडौँ

प्रविधिमैत्री लजिस्टिक कम्पनी उपायले हालै २७ करोड ५० लाख नेपाली रुपैयाँको लगानी चरण सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ।

कम्पनीले यसलाई क्वार्टरब्याक नाम दिएको छ। यो कार्यक्रम २०२४ मे १५ मा काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सम्पन्न भएको थियो।

क्वार्टरब्याक अमेरिकन फुटबलबाट प्रेरित नामाकरण भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार जसरी क्वार्टरब्याकको महत्वपूर्ण भूमिका खेलमा गोल सुनिश्चित गर्नमा हुन्छ।

त्यस्तै उपायका व्यक्तिगत लगानीकर्ताहरू अर्थात् क्वार्टरब्याकहरूको लगानीले उपायलाई आफ्नो व्यवसाय तथा नाफाका लक्ष्यहरू हासिल गर्नमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ।

२०१९ मा स्थापना भएदेखि हालसम्म उपायले ७० करोड नेपाली रुपैयाँको लगानी हासिल गरिसकेको छ।

नेपालको सबैभन्दा ठूलो निजी इक्विटी फर्म डोल्मा इम्प्याक्ट फन्डमा एफएमओ, बीआईआई, स्वेडफन्ड, आईएफसी, डीएफसी र जाइकले लगानी गरेका छन्। डोल्मा उपायको एक प्रमुख लगानीकर्ता रहेको छ।

आगामी दिनमा उपाय नेपालकै पहिलो १ लाख बढी वर्गफुटको तेस्रो पक्ष लजिस्टिक्स सुविधालाई अगाडि बढाउनेमा केन्द्रित रहने जनाइएको छ। कम्पनीले यस बृहत् परियोजनाको लागि थप लगानीको खोजी गरिरहेको छ।

यसका लागि केही अन्तर्राष्ट्रिय विकास वित्तीय संस्थाहरूसँग सम्झौताहरु गरिसकेको छ। उपायले निकट भविष्यमा नेपाल स्टक एक्सचेन्जमा आईपीओमार्फत आफ्नो सेयरहरूको सार्वजनिक सूचीकरणको तयारी पनि गर्दै छ।

उपाय नेपालबाहिर विस्तार भई अन्तर्राष्ट्रिय रुपमा सञ्चालन गर्ने पनि योजना बनाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .