ad ad

कारोबार


बिजनेस भिसामा आउने विदेशी बढे, वैशाखसम्म आयो ५२ अर्बको नयाँ लगानी प्रतिबद्धता

बिजनेस भिसामा आउने विदेशी बढे, वैशाखसम्म आयो ५२ अर्बको नयाँ लगानी प्रतिबद्धता

नेपालखबर
जेठ १, २०८१ मंगलबार १३:२६, काठमाडौँ

बिजनेस भिसामा नेपाल आउने विदेशीको संख्या बढेको छ।

चालू आर्थिक वर्षको वैशाखसम्म लगानीकर्ताको रुपमा १८ सय ९६ जना भित्रिएका छन्।

अघिल्लो वर्षको सोही अवधिमा १३ सय ३४ जना विदेशी लगानीकर्ताको रुपमा आएका थिए। 

कम्पनीका प्रतिनिधि र डिपेन्डेन्ट भिसामा आउनेको संख्या बढेको तथ्यांकले देखाएको छ।

अघिल्लो वर्ष १० महिनामा २२८ जना कम्पनीका प्रतिनिधि नेपालमा आएकोमा यस वर्ष ३१६ जना आइपुगेका छन्। गत वर्ष डिपेन्डेन्ट भिसामा ६०५ जना भित्रिएकोमा ८०७ जना आएका हुन्। 

नेपालमा आएका प्रतिनिधिले सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। चालू आर्थिक वर्षको वैशाखसम्म ४७ प्रतिशत वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ। 

उद्योग विभागको तथ्यांकअनुसार १४४ वटा पर्यटन क्षेत्रका उद्योगमा लगानी गर्ने प्रस्ताव आएको छ। दोस्रोमा सेवा क्षेत्र रहेकोमा ३४ प्रतिशत हिस्सा छ। 

उत्पादनमूलक उद्योगको हिस्सा ११ प्रतिशत छ। सूचना प्रविधि ३, कृषि र पूर्वाधार क्षेत्रमा २–२ प्रतिशत छ। ३०७ वटा उद्योगमा वैदेशिक लगानीको स्वीकृति पाउँदा ४१ अर्ब रुपैयाँ भित्र्याउने प्रतिबद्धता आएको छ। 

त्यस्तै वैशाखदेखि सुरु भएको अटोमेटिक रुटबाट २ अर्ब १५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। त्यस्तै ९ अर्ब ४७ करोड रुपैयाँबराबरको सेयर खरिदलाई स्वीकृति दिइएको छ। 

वैशाखसम्म कुल ५२ अर्ब ३९ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। यो भनेको स्वचालित प्रणााली (एआर), नयाँ लगानी प्रतिबद्धता र सेयर खरिदबापतको कुल लगानी प्रतिबद्धता हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .