कारोबार


नेताहरू गैरजिम्मेवार रुपमा कमाउन लागेकाले अर्थतन्त्रमा समस्या आयो : अध्यक्ष सिंह

नेताहरू गैरजिम्मेवार रुपमा कमाउन लागेकाले अर्थतन्त्रमा समस्या आयो : अध्यक्ष सिंह

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १९:२९, काठमाडौँ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेताहरु गैरजिम्मेवार रुपले पैसा कमाउन लागेकाले अर्थतन्त्रमा समस्या आएको बताएका छन्।

शुक्रवार निर्माण व्यवसायी संघ भरतपुर चितवनको ३० औँ साधारण सभा एवं १६ औँ अधिवेशनमा बोल्दै अध्यक्ष सिंहले नेताहरुले आफू कमाउने र आफ्ना सन्तान र इष्टमित्रका लागि कमाइदिने उद्देश्य लिएर राजनीति गरिरहेको आरोप लगाए।

नेताहरु चुनावमा भएको खर्च उठाउन र आगामी निर्वाचनका लागि तयारी गर्न गैरजिम्मेवार रुपले कमाउन लागेका कारण अर्थतन्त्रमा समस्या सिर्जना भएको उनको भनाई थियो।

उनले नेताहरु नसुध्रिइकन नेपाली जनताले सुख नपाउने बताए।

उनले निर्माण व्यवसायीहरु पनि कमाइ नहुने रेटमा काम गरेर गैरजिम्मेवार भएका बताए।

उनले भने, ‘हामी कमाइ नहुने रेटमा काम गरेर गैरजिम्मेवार भएका छौँ भने उहाँहरुले राजनीति गर्ने भनेको आफू कमाउने, आफ्नो सन्तान, इष्टमित्रहरुलाई कमाइदिने उद्देश्य लिएर पार्टीहरुले राजनीति गरिरहेका छन्। त्यो कुराले नेपालमा बेथितिहरु निम्त्याएको छ।’

उनले निर्माण व्यवसायीहरु आफ्नो क्षमताभन्दा बढी निर्माणको कामहरु जिम्मा लिएर र काम नै गर्न नसक्ने निर्माण कम्पनीहरुलाई ज्वाइनभेन्चर दिएर गैरजिम्मेवार रुपमा प्रस्तुत भएको स्वीकार गरे।

अध्यक्ष सिंहले आगामी दिनमा बिना बजेटको योजनाहरु राख्नु नहुने बताए। उनले बिना बजेटको योजना राखेर निर्माण व्यवसायीलाई घरको न घाटको बनाइएको भन्दै बिना बजेटका योजनाहरुलाई खारेज गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .