बागमती


धुम्बाराहीमा मोटरसाइकल र स्कुटर जुध्दा कपनका युवकको मृत्यु

धुम्बाराहीमा मोटरसाइकल र स्कुटर जुध्दा कपनका युवकको मृत्यु

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १३:४२, काठमाडौँ

काठमाडौँको धुम्बाराहीमा मोटरसाइकल र स्कुटर ठोकिँदा युवकको मृत्यु भएको छ। 

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–४, धुम्बराही चोकमा सोमबार राति बा. प्र. ०२–०३१ प ५०२२ नम्बरको मोटरसाइकल र बा. ७५ प १६५२ नम्बरको स्कुटर ठोक्किएका हुन्। 

दुर्घटनामा स्कुटर चालक काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने २८ वर्षीय अन्नत कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइते भएका मोटरसाइकल चालकको भने ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .